१ फाल्गुन २०८२, शुक्रबार

हर्क साम्पाङले आयोगमा दिए दल दर्ताको निवेदन


हर्क साम्पाङ

कामठाडौैं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । आज आइतबार साम्पाङले दल दर्ताका लागि निवदेन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

हर्कबहादुर राईलाई संयोजक राखेर दल दर्ताका लागि निवदेन आएको आयोगले बताएको छ । उनले निर्वाचन आयोगमा ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ दर्ताका लागि निवेदन दिएका हुन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । सोही चुनावलाई लक्षित गरी उनले पार्टी दर्ता गर्न लागेका हुन् । उनको निवेदनमाथि रुजुको प्रक्रियामा रहेको आयोग स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु