काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् । उनले भोलि बिहीबार साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको बालुवाटार स्रोतले बताएको छ ।
सम्बोधनको कार्यक्रमको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएपछि उनी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको छ ।












