काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देश रोएको बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह हाँस्दै बसेको आरोप लगाएका छन् ।
बालेन गेम खेल्दै स्टाटस लेख्नमात्रै तल्लीन रहेको उनको आरोप छ । ‘लुकेर गेम खेल्दै स्टाटस लेख्न सजिलो छ । देशले कति गुमायो थाहा छ ?’, बालेनलाई प्रश्न गर्दै साम्पाङले मंगलबार अपराह्न फेसबुकमा लेखेका छन् । उनले अगाडि लेखेका छन्, ‘देश रोएको बेला ऊ हाँस्दै बसेको छ ।’
यसअघि बालेनले हर्कले जति गाली गरेपनि आफूले उनलाई माया गर्न नछाड्ने फेसबुकबाटै बताएका थिए । हर्कलाई फकाउने शैलीमा बालेनले फेसबुकमा लेखेपनि हर्क अझैँ आक्रोशित भएका हुन् ।












