काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी थिइन् । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
आज शुक्रबार बेलुकी शीतलनिवासमा आयोजित कार्यक्रममा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।
कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।












