७ फाल्गुन २०८२, बिहिबार

जेनजीले अन्तरिम सरकार प्रमुखमा अघि सारे सुशीला कार्कीको नाम


सुशीला कार्की

काठमाडौं । जेनजीले सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका छन् । जेनजीका प्रतिनिधि र प्रधानसेनापति अशोकराज सिग्देलबीच आज बुधबार सैनिक मुख्यालय जंगी अड्डामा भएको वार्तामा कार्कीको नाम प्रस्ताव गरेका हुन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नयाँ सरकारको नेतृत्व लिन जेनजी समूहले गरेको प्रस्ताव स्वीकार गरेकी छन् । जेनजी समूहको भर्चुअल बैठकमा कार्कीको नाममा सहमति जुटेको थियो ।

आज बुधबार जेनजी समूहले गरेको भर्जुअल छलफलमा सहभागीमध्ये अधिकांशले पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकारको नेतृत्वमा पठाउनुपर्नेमा जोड दिएका थिए ।

अहिलको परिस्थितिमा निष्ठावान, निर्भिक र सर्वस्वीकार्य व्यक्ति सुशीला कार्की नै हुने छलफलमा सहभागी जेनजीहरूले बताएका छन्।

गैरराजनीतिक, स्वतन्त्र र प्रभावशाली व्यक्तिको जसले राष्ट्रपति, प्रधानसेनापति र अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफलमा गर्न सक्ने व्यक्तिको हिसाबले कार्कीलाई रोजिएको भनिएको छ।

आज बुधबार प्रधानसेनापति सिग्देलले थुप्रै समूहसँग वार्ता गरेका छन् । उनले धरानका मेयर हर्क साम्पाङदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसम्मका व्यक्तिसँग छलफल गरेका छन् । सरकार प्रमुखको टुंगो लगाउन अझै व्यापक छलफल गर्न बाँकी रहेको र यो एक दुई दिनमा टुंगिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !