७ फाल्गुन २०८२, बिहिबार

डा. लेखजंग थापा रुपन्देही–३ मा रास्वपाका उम्मेदवार


डा. लेखजंग थापा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ का लागि उम्मेवार तोकेको छ । रास्वपाले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. थापालाई उम्मेदवार बनाएको हो ।

पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गरिएको रास्वपाले दाबी गरेको छ ।

उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए ।

उनी वरिष्ठ न्युरोलोजिस्ट हुन् । हाल उनी नेसनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौंका न्युरोलोजी विभाग प्रमुख हुन् भने नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !