२ फाल्गुन २०८२, शनिबार

रविलाई भेटेपछि प्रचण्डले भने– उहाँ दुब्लाउनुभएछ, अनुहारमै देखिन्छ


प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिाने धेरै दुब्लाएको बताएका छन् ।

ओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रास्वपाका सभापति लामिछानेलाई नख्खु कारागार पुगेर भेटिसकेपछि संचारकर्मीहरुसंग कारागारबाहिर प्रतिक्रिया दिंदै रास्वपा सभापति लामिछाने दुब्लाएको अनुहारमै देखिने बताएका हुन् ।

उनले लामिछाने भैरहवा कारागारमा हुँदा निकै पीडामा परेर दुब्लाएको बताएका हुन् । प्रचण्डले रविको अनुहारनै कमजोर देखिएको पनि बताए ।

प्रचण्डले रविले भैरहवा कारागारको तुलनामा नख्खुमा धेरै राम्रो भएको आफूलाई सुनाएको पनि बताए । भैरहवामा नै हुँदा भेट्न खोजे पनि परिस्थिति नमिलेको सुनाए ।

उनले आफ्नो मन्त्रिपरिषद्मा दुईपटक गृहमन्त्री भएकाल लामिछानेको अभिभावको हैसियले अवस्था बुझ्न गएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !