५ फाल्गुन २०८२, मंगलबार

स्वास्थ्य प्रतिकुलताका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज संसद् बैठकमा उपस्थित नहुने भएका छन् । प्रतिनिधि सभामा आज हुने तय भएको प्रधानमन्त्री ओलीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।

योसँगै प्रधानमन्त्रीसँगको सांसदहरुको प्रश्नोत्तर कार्यक्रम आज नहुने भएको हो । यसअघि आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !