काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सोमबार बसेको बैठकमा पनि विद्यालय शिक्षासम्बन्धी विधेयकमा सहमति जुट्न सकेन । सिंहदरबारस्थित समितिको हलमा बसेको आज बसेको बैठकमा शिक्षा मन्त्रालयका तर्फबाट पेस भएको प्रस्तावमा सांसदहरूले असहमति जनाएका हुन् ।
निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिनुपर्ने सांसदहरूको प्रस्ताव सरकारले स्वीकार नगरेपछि सहमति नजुटेपछ शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न दुई दिनको समय माग गरेपछि उक्त समय दिइएको हो ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पूर्ण छात्रवृत्ति दिने विषय विधेयकमा नराखेर नियमावलीमा राख्ने प्रस्ताव गरेका थिए । त्यो प्रस्तावमा एमालेकै सांसद र अन्य सांसदहरूले आपत्ति जनाएका थिए । अब समितिको बैठक भदौ ५ गते बिहान ८ बजे बस्ने छ ।












