५ फाल्गुन २०८२, मंगलबार

मधेश प्रदेशका पूर्वप्रमुख अहिराज बालिका बलात्कारको आरोपमा पक्राउ


राजेश अहिराज

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । उनलाई आज आइतबार काठमाडौ प्रहरी परिसरको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो । उक्त अनुमतिका आधारमा उनलाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको हो ।

बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो । गत चैत २५ गते उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !