४ फाल्गुन २०८२, सोमबार

रवीन्द्र मिश्र तीन लाख धरौटी बुझाएर छुटे


रवीन्द्र मिश्र तीन लाख धरौटी बुझाएर छुटे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटी बुझाएर छुटेका छन् । काठमाडौँ जिल्ला अदालतले वरिष्ठ उपाध्यक्ष मिश्रलाई तीन लाख धरौटीमा आज छाड्न आदेश दिएपछि उनी सो रकम बुझाएर छुटेका हुन् ।

काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो ।

तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो । सोमबार राप्रपाका महामन्त्री धवल शमशेर जवरा पनि ३ लाख धरौटीमा रिहा भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !