३ फाल्गुन २०८२, आइतबार

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश


रविन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्न अदालतले आदेश गरेको छ । वरिष्ठ उपाध्यक्ष मिश्रलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आज आदेश दिएको हो ।

काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो ।

तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो । सोमबार राप्रपाका महामन्त्री धवल शमशेर जवरा पनि ३ लाख धरौटीमा रिहा भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !