३ फाल्गुन २०८२, आइतबार

सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्‍च अदालतमा तीन जना न्यायाधीश सिफारिस भएका छन्। आज मंगलबार न्याय परिषदले सर्वोच्चका लागि तीन जना न्यायाधीश सिफारिस गरेको हो ।

सिफारिस हुनेहरुमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन् ।

परिषद्ले उनीहरूको नाम संसदीय सुनुवाइका लागि पठाइसकेको छ । पोखरेल सर्वोच्‍च अदालतका बार अध्यक्ष समेत हुन्। सर्वोच्चमा चार वटा न्यायाधीशको पद रिक्त भएकोमा अझै एक न्यायाधीशको पद भने रिक्त नै रहेको छ।

सिफारिस भएसँगै अब उनीहरूको संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्नेछ । सुनुवाइबाट अनुमोदन भए उनीहरू सर्वोच्‍चका न्यायाधीशमा नियुक्त हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !