१७ बैशाख २०८२, बुधबार

राष्ट्रपति पौडेलद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति पौडेलले वैशाख १२ गते शुक्रबारदेखि सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन् ।

बैठक वैशाख १२ गते दिउँसो १ बजे बस्ने तय भएको छ । हिजो मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका निम्ति राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !