४ फाल्गुन २०८२, सोमबार

रवि लामिछाने भैरहवामा, बुधबार आफैं अदालतमा उपस्थित हुने


रास्वपा सभापति लामिछानेलाई अदालत उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत आज मंगलबार दिउँसो भैरहवा पुगेका हुन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि भोलि बुधबार अदालत हाजिर हुन उनी आज मंगलबार भैरहवा पुगेका हुन् । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही स्रोतका अनुसार लामिछाने भोलि बुधबार आफैं अदालतमा उपस्थित हुने छन् । यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !