२ फाल्गुन २०८२, शनिबार

प्रधानमन्त्री ओलीले नैतिकता गुमाइसकेकोले राजीनामा दिनु उपयुक्त हुन्छ : प्रचण्ड


प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । विपक्षी दलहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने बताएका हुन् ।

उनले संविधान संशोधन प्रधानमन्त्री आफैंले ०८७ मा मात्रै हुन्छ भनेपछि त अन्य सुशासनबारे भनिएका कुरा पनि उल्टो बाटोमा हिँडिसकेपछि नैतिक रुपले सरकारले सरकारमा बसिराख्ने आधार गुमाएको नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनु नै उचित हुने तर्क गरे

विपक्षी दलहरू देशको स्थितिप्रति निकै चिन्तित भएको भन्दै सरकारले आफूहरूको कुरालाई नजर अन्दाज गरेको खण्डमा विशेष अधिवेशन मात्रै नभइ सडकमै पुग्न पनि सक्ने उनले चेतावनी समेत दिए । उनले सरकारले संसद अधिवेशन नबोलाएर बिशेष अधिवेशन मात्रै नभइ आवश्यक परेर सडक संघर्षमा जानसक्ने चेतावनी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !