५ मंसिर २०८१, बुधबार

दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति


दुर्गा प्रसाईं

काठमाडौं । साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरो (सिआइबी) ले आज प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंगलबार सिआइबीले पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !