५ मंसिर २०८१, बुधबार

पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै


पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापतिलाई लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागिएको हो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ गरिएका लामिछानेलाई आज अदालतमा पेस गरिने भएको हो ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै राति नै पोखरा लगिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !