६ आश्विन २०८१, आइतबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ


अन्तत: मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा आज आइतबार प्रसाईंलाई पक्राउ गरेको हो ।

उनीबिरुद्ध पक्राउ पूर्जी जारी भएपछि प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो । घरको गेट नै नखोलेपछि कम्पाउण्ड नाघेरभित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

गएको बुधबार प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो । प्रसाईंविरुद्ध एक महिलाले ब्युरोमा उजुरी दिएकी थिइन् ।

यस सम्वन्धी भिडियो पनि हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !