काठमाडौं । संघीय संसदका अन्य दुईवटा संसदीय समितिको बैठक पनि आज बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्न लागेको हो ।
आज बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल गर्ने बैठकको कार्यसूची रहेको छ ।
यस्तै आज दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस हुनेछ । उक्त प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै दिउँसो ३ बजे नै बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठक र संसदीय सुनुवाइ समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ ।