२९ कार्तिक २०८१, बिहीबार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा


दीर्घ सोडारी

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएका छन् । आज शुक्रबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका हुन् ।

गत असार २० गते अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन संसद् आह्वान गरेतापनि संसद्मा सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका सोडारीले अल्पमतमा परेको ३०औं दिनमा राजीनामा दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !