२ कार्तिक २०८१, शुक्रबार

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै


राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । रास्वपाको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो ।

आज बस्ने बैठकमा पार्टीको संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

महामन्त्री र पार्टी प्रवक्ताबाट डा. मुकुल ढकाललाई बर्खास्त गरेपछि रास्वपा केन्द्रीय समितिको यो पहिलो बैठक बस्न लागेको हो । यस्तै बैठकमा रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले भिसाका लागि अन्तर्वार्ताको डेट मिलाइदिन आग्रह गर्दै अमेरिकी दूतावासलाई लेखेको विवादित पत्रको विषयमा पनि छलफल हुनसक्ने आंकलन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !