४ मंसिर २०८१, मंगलबार

ओली र देउवाबीच नयाँ सरकार गठनका लागि आवश्यक कागजातमा हस्ताक्षर


केपी शर्मा ओली र शेरबहादुर देउवा

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका नयाँ प्रधानमन्त्री हुन लागेका केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच नयाँ सरकार गठनका लागि आवश्यक कागजातमा हस्ताक्षर भएको छ ।

आज शुक्रबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको एमाले अध्यक्ष ओलीको कार्यकक्षमा बसेको बैठकमा कांग्रेस–एमालेको बैठकले ओलीलाई प्रधानमन्त्रीको दाबीका लागि तयार पारेको पत्रमा ओली र देउवाले हस्ताक्षर गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएसंगै संसदका प्रमुख ठूला दुई राजनीतिक दल काँग्रेस र एमालेका शीर्ष नेताले नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आह्वान गर्न आवश्यक कागजातमा हस्ताक्षर गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !