१८ पुस २०८१, बिहीबार

मुकुल ढकाललाई पदमुक्त गर्ने रास्वपाको निर्णय


मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकाललाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो ।

यद्यपि रास्वपाले ढकाललाई साधारण सदस्य कायम रहने गरी पार्टीको जिम्मेवारीबाट हटाएको हो । रास्वपाको अनुशासन समितिले ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेपनि केन्द्रीय समिति बैठकले साधारण सदस्य कायम रहने गरी पार्टीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

अस्वाभाविक हर्कत र पार्टी हितविपरितको गतिविधि गरेको भन्दै गत बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !