१९ असार २०८१, बुधबार

रञ्जिता श्रेष्ठलाई नाउपाको संसदीय दलको नेताबाट हटाइयो


रञ्जिता श्रेष्ठ चौधरी

काठमाडौँ । रञ्जिता श्रेष्ठलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । हिजो आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालयको बैठकमा उपस्थित बहुमत सदस्यहरूले श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरिएको हो ।

श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ । यस्तै प्रमुख सचेतक रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको छ । दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !