१५ असार २०८१, शनिबार

सहकारी प्रकरणमा संसदीय छानबिन समितिले माग्यो गोरखा मिडियाको फाइल


संसदीय छानबिन समिति

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कको लगानीसम्बन्धी फाइल माग गरेको छ ।

सहकारी छानबिन विशेष समितिको आज बुधबार बसेको बैठकले गोर्खा मिडिया नेटवर्क प्रालि र ९ सहकारीको कागजात माग गर्ने निर्णय गरेको हो । समितिको बैठकले ९ वटा सहकारीसँग सम्बन्धित कागजातहरू र विभिन्न सहकारीबाट गोरखा मिडिया लगायतमा प्रवाह भएको रकमको कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो ।

समितिको बैठकले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुप्रिम, सूर्यदर्शन, सुमेरू र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको कागजात माग गरेको हो । समितिको बैठकले गोरखा मिडिया नेटवर्कमा गरिएको लगानीसहित संस्थाको वर्तमान अवस्थाको बारेमा पूर्ण जानकारी माग गर्ने निर्णय गरेको हो ।

गोरखा मिडिया नेटर्वकद्वारा विगतमा संचालनमा आएको ग्यालेक्सी फोर के टिभीमा हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कार्यकारी निर्देशक थिए भने अध्यक्ष जीबी राई हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !