३ मंसिर २०८१, सोमबार

यस्तो बन्यो संसदीय छानबिन समितिको ४ बुँदे ‘टीओआर’


कार्यदल बैठक

काठमाडौं । सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ । कार्यादेश टुंगो लगाउन गठित कार्यादलको बैठकले आज मंगलबार सोलाई अन्तिम रूप दिएको हो ।

सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा आज बसेको कार्यदलको बैठकले चार बुँदे सहमति भएपछि मंगलबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइएको हो । उक्त समितिमा ७ जना सदस्य रहनेछन् भने यसको अवधि तीन महिना रहेछ ।

समितिले २९ वटा सहकारीमा भएको अनियमितताबारे छानिबन गर्नेछ । प्रतिनिधिसभाको आज बस्ने बैठकबाट उक्त समिति बनाइने नेताहरूले बताएका छन् ।

यस्तो बन्यो हेर्नुहोस् संसदीय छानबिन समितिको ४ बुँदे ‘टीओआर’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु