३ मंसिर २०८१, सोमबार

कांग्रेसले आफूलाई डेढ वर्ष प्रधानमन्त्रीको अफर गरेको गृहमन्त्री लामिछानेको खुलासा


रवि लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् ।

आज आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात काँग्रेसले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र आफूले नमानेपछि भोलिपल्टदेखि संसद् अवरोध गर्न सुरु गरेको खुलासा गरेका हुन् ।

गृहमन्त्री लामिछानेले उक्त प्रस्ताव नगरेको भन्न काँग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती समेत दिएका छन् । लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापति देउवालाई प्रश्न गरेका हुन् ।

सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्‌मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट परेका हुन् ।

लामिछानेले कांग्रेसले एक जना सांसदलाई बोल्न दिने पार्टीबाट निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले आफूले कुनै ठगी नगरेको बताउँदै आफूमाथि संसदीय छानबिन समिति बनाएमा आपत्ति नहुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !