३ मंसिर २०८१, सोमबार

संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलको छलफल जारी


संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलको छलफल जारी

काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलको छलफल जारी रहेको छ । सदनको गतिरोध अन्त्य गर्नका लागि संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरु प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको नेताको कार्यकक्षमा छलफलमा जुटेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका विपक्षी दलहरु नयाँ बानेश्वरमा छलफलमा छन् ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर सदन अवरोध गर्दै आएको छ ।

प्रतिनिधिसभाको हिजो बिहीबारको बैठकमा कांग्रेस सांसदहरुले बेल घेराउ र नाराबाजी गरिरहेका बेला सभामुखले नियमित कार्यसूचीमा प्रवेश गरी गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेसका सांसदबीच धकेलाधकेल समेत भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !