८ पुस २०८१, सोमबार

सदनमा शालिन र सशक्तरुपमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन


एमाले संसदीय दलको बैठक

काठमाडौँ । नेपाल कम्युनष्टि पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद्को बर्खे अधिवेशनमा शालिन र सशक्तरुपमा प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

अधिवेशन सुरु हुनुअघि नयाँबानेश्वरमा भएको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सामान्य आवस्थामा शालिन र आवश्यक पर्दा सशक्त हुनुपर्ने गरी सक्रिय रहन निर्देशन दिएका हुन् ।

उनले सहकारी समस्याका विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको संसदीय छानबिनको विषय आवश्यक नभएको दाबी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !