१२ आश्विन २०८१, शनिबार

वैशाख २ गतेदेखि संसद् अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस


प्रतिनिधिसभाको बैठक

काठमाडौं । सरकारले आगामी वैशाख २ गतेदेखि संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

आज शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी वैशाख २ गते मध्यरातिदेखि संसदको चालू अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषदको बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई नियुक्त गर्न पनि मन्त्रिपरिषदको बैठकले सिफारिस गरेको छ ।

साथै सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !