१३ आश्विन २०८१, आइतबार

महालेखा परीक्षकमा तोयम राया सिफारिस


संवैधानिक परिषद्को बैठक

काठमाडौं । महालेखा परीक्षकमा तोयम रायालाई सिफारिस गरिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि प्रस्ताव गरेपछि संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो ।

पूर्वअर्थसचीव समेत रहेका राया हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !