१८ बैशाख २०८१, मंगलबार

सहकारी प्रकरणमा गृहमन्त्रीको छानबिन गर्न संसदीय समिति नबन्ने सरकारको स्पष्टीकरण


रेखा शर्मा

काठमाडौँ । सरकारले सहकारीसम्बन्धी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको छानबिनका लागि संसदीय समिति नबन्ने स्पष्ट पारेको छ ।

आज शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गृहमन्त्री लामिछानेको छानबिनका लागि संसदीय समिति नबन्ने स्पष्ट पारिन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानबिन समिति नबनाए आगामी संसद् बैठक चल्न नदिने चेतावनी दिएपनि उनले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा विषय उठाउन नहुने बताइन् ।

संचारमन्त्री शर्माले छानबिन समिति गठनको आवश्यकता सरकारले नदेखेको बताइन् । उनले यथेष्ठ प्रमाण भए जोसुकै व्यक्ति भए पनि कारबाहीमा आउने स्पष्ट पारिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !