७ पुस २०८१, आइतबार

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष दाहालले लिए शपथ


नारायण दाहाल

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले सपथ लिएका छन् । आज मंगलबार साँझ शीतलनिवासमा आयोजित विशेष समारोहका वीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित अध्यक्ष दाहाललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

दाहाल आजै राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका हुन् । आज मंगलबार राष्ट्रियसभामा भएको मतदानमा उपस्थित ५६ जना सांसदमध्ये दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको थियो ।

सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका माओवादी केन्द्रका सांसद दाहाललाई माओवादी केन्द्र, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को समर्थन रहेको थियो ।

दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नाता पर्ने व्यक्ति हुन् । उनी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पनि हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !