२ मंसिर २०८१, आइतबार

दुई मन्त्रालय लिएर एकीकृत समाजवादी पनि सरकारमा जाने


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा जाने भएको छ। आज बुधबार दिउँसो केन्‍द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

जसअनुसार एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ । एकीकृत समाजवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने र आजै मन्त्रीहरुको शपथग्रहण समेत हुने बालुवाटार स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !