८ जेष्ठ २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए


प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण पूरा गरी स्वदेश फर्किए फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड अफ्रिकी राष्ट्र युगाण्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत माघ ४ गते युगाण्डा गणतन्त्र प्रस्थान गरेका थिए । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । साथै उनले इजरायल—हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !