काठमाडौँ । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यस्तै सरकारले गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ ।