६ जेष्ठ २०८१, आइतबार

वरिष्ठ नेता महतोलाई कारबाही गर्ने लोसपाको तयारी


राजेन्द्र महतो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई कारबाही गर्ने तयारी गरेको छ । महतोले केही दिनदेखि पार्टीेको हितविपरीत गतिविधि गरिरहेको भन्दै उनलाई अनुशासनको कारबाही गर्न लागिएको हो ।

लोसपाका एक उच्च नेताले महतोले पछिल्लो समय पार्टीको हित विपरीत गर्दै आएका गतिविधिको बारेमा पार्टीले अध्ययन गरिरहेको बताए । उनले महतोले बोलेका विषयमा विश्लेषण भइरहेको पनि बताए ।

ती नेताका अनुसार महतोले पार्टी र पार्टीका अध्यक्ष महन्थ ठाकुरको बारेमा स्तरहीन अभिव्यक्तिहरु दिइरहेकाले पार्टीमा छलफल गरेर उनलाई कारबाही गर्न सकिने संकेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !