२० जेष्ठ २०८१, आइतबार

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा


राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा

ढोरपाटन । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आएका छन् । उनी आज बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमा यहाँ आएका हुन् ।

राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए । उनी सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आएका हुन् ।

राष्ट्रपति पौडेलले बागलुङ कालिका मन्दिरको दर्शन तथा पूजाअर्चना गर्ने कार्यक्रम छ । मन्दिरको दर्शनलगत्तै उहाँले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमणका कारण हुन नसकेको महोत्सव चार वर्षपछि हुन लागेको हो । आजदेखि सुरु हुने महोत्सव यही पुस २१ गतेसम्म चल्ने अध्यक्ष कँडेलले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !