२० बैशाख २०८१, बिहिबार

एनसेलको सेयर खरिदबिक्री प्रक्रिया अघि नबढाउन अदालतको अल्पकालीन अन्तरिम आदेश


उच्च अदालत पाटन र एनसेल

काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले सो आदेश दिएको हो । अदालतले एनसेल सम्बन्धीको अघिल्लो रिटमा २५ गतेका लागि छलफलमा बोलाएको छ ।

उच्च अदालतले खरिदविक्री भएका एनसेलको सेयरहरु दर्ता कितावमा दर्ता नगर्नु नगराउनु भनी विपक्षहरुका नाउँमा अन्तरिम आदेश जारी गरेको हो । गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा एनसेलको सेयर खरिदबिक्री भएको भएपनि त्यस्तो खरिद बिक्रीको अभिलेखीकरण र सेयर नामसारी नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि यिनै निवेदक रोकायाले दायर गरेको एनसेलको सेयर बिक्रीसम्बन्धी रिटमा अदालतले आगामी मङ्सिर २५ गतेका लागि अन्तरिम आदेश छलफलका लागि बोलाएको थियो । उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए पनि अब तत्कालै सेयर नामसारी नहुने भएको छ ।

यस्तै एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न सरकारले एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो ।

यस्तो छ उच्च अदालतले जारी गरेको अल्पकालीन अन्तरिम आदेश

उच्च अदालतले जारी गरेको अल्पकालीन अन्तरिम आदेशउच्च अदालतले जारी गरेको अल्पकालीन अन्तरिम आदेश

यो पनि पढ्नुहोस्

एनसेल प्रकरणबारे अध्ययन गर्न सरकारद्वारा उच्चस्तरीय समिति गठन

‘एनसेल सेयर कारोबारको वैद्यता खोजिनुपर्छ’

‘शेयर खरिदबिक्रीको कागजात सङ्कलन हुँदैछ, चाँडै जानकारी दिन्छौँ’

एनसेल खरिद–बिक्री शंकास्पद भएकोले सरकारले तत्काल छानबिन गर्नुपर्ने गठबन्धनको निष्कर्ष

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !