१२ श्रावण २०८१, शनिबार

एनसेल प्रकरणबारे अध्ययन गर्न सरकारद्वारा उच्चस्तरीय समिति गठन


एनसेल आजियटा लिमिटेड

काठमाडौँ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधीसमेत दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

समितिका सदस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन । सो समितिलाई ३० दिनको कार्यवधि दिइएको छ ।

यस्तै बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ । सदस्यमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गरिएको छ ।

विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’का लागि प्राप्त हुने सहायतासम्बन्धी वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिइएको छ ।

यो पनि पढ्नुहोस्

‘एनसेल सेयर कारोबारको वैद्यता खोजिनुपर्छ’

‘शेयर खरिदबिक्रीको कागजात सङ्कलन हुँदैछ, चाँडै जानकारी दिन्छौँ’

एनसेल खरिद–बिक्री शंकास्पद भएकोले सरकारले तत्काल छानबिन गर्नुपर्ने गठबन्धनको निष्कर्ष

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !