२ कार्तिक २०८१, शुक्रबार

रास्वपाको विधान प्रस्तावना सार्वजनिक : आफूलाई लोकतान्त्रिक दल घोषणा


राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई लोकतान्त्रिक पार्टी घोषणा गरेको छ । सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले आफूलाई लोकतान्त्रिक दल घोषणा गरेको हो ।

रास्वपाले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गर्दै शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरु प्राप्त गर्ने निर्देशक सिद्धान्त बनाएको छ । उक्त प्रस्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रुपमा चित्रित गरिएको हो ।

पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने रास्वपाको दस्तावेजमा उल्लेख छ । जवाफदेहीपूर्ण असल शासन मार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्ने रास्वपाको लक्ष्य बनाइएको छ ।

पार्टी स्थापनादेखि अहिलेसम्म कुन विचार लिने भनेर स्पष्ट नभएको रास्वपाले महोत्तरीको गौशाला बैठकबाट विधानको प्रस्तावना पारित गर्दै आफूलाई लोकतान्त्रिक दल घोषणा गरेको हो ।

उसले लोकल्याणकारी राज्यको लागि सार्वजनिक, निजी र सामुदायिक स्रोतको दिगो परिचालनमार्फत सामाजिक बजार अर्थतन्त्रमार्फत रोजगार वृद्धिको लक्ष्य सार्वजनिक गरेको छ ।

यस्तो छ रास्वपाले सार्वजनिक गरेको विधानको प्रस्तावना

रास्वपाले सार्वजनिक गरेको विधानको प्रस्तावना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !