२० जेष्ठ २०८१, आइतबार

गणतन्त्रबिरुद्ध लाग्ने प्रति सरकार सतर्क छ : नेता कोइराला


डा. शेखर कोइराला फाइल फोटो

चितवन । नेपाली काङ्ग्रेसका नेता डा. शशांक कोइरालाले गणतन्त्रविरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धी रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पारे ।

तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उनको भनाइ छ । उनले सहरमा जम्मा भइ हो–हल्ला गरेर समस्याको समाधान नहुने धारणा राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !