२ मंसिर २०८१, आइतबार

सर्वोच्चको रिक्त न्यायाधीशमा ६ जनाको नाम सिफारिस


सर्वोच्च अदालत

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरेको छ । आज मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले सर्वोच्चको रिक्त न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुने न्यायाधीशमा ४ जना उच्च अदालतका र २ जना कानुन व्यवसायी गरी ६ जना रहेका छन् । सिफारिस हुनेमा उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान रहेका छन् ।

यस्तै कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस गरिएको छ । माओवादी कोटाबाट डीएन पराजुली र दिनमणि पोखरेलमा सहमति नजुट्दा एक सिट खाली राखिएको छ ।

उनीहरूको नाम संसदीय सुनुवाइ समितिमा अनुमोदनका लागि पठाइने छ । समितिले अनुमोदन गरेपछि नियुक्ति हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !