१५ जेष्ठ २०८१, मंगलबार

राष्ट्रसंघका महासचिवको सम्बोधन तयारीबारे सभामुखद्वारा संयुक्त सदनको निरीक्षण


देवराज घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधन तयारीबारे जानकारी लिएका छन् । सभामुखले सोमबार साँझ संयुक्त सदनको बैठक (प्रतिनिधि सभा) कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण गरेका हुन् ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले मंगलबार साँझ संयुक्त सदनको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुखले संसद् सचिवालयका उच्च अधिकारीहरुलाई व्यवस्थापन पक्षलाई त्रुटिरहित सम्पन्न गर्न निर्देशन दिएका छन् ।

सभामुख घिमिरेलेलाई संसद सचिवालयका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभा सचिव पदमप्रसाद पाण्डेय, राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्याल, प्रवक्ता एकराम गिरी, सुरक्षा अधिकारीलगायतले तयारीबारे जानकारी दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !