१४ जेष्ठ २०८१, सोमबार

काँग्रेस केन्द्रीय सदस्यमा घर्ती, हुमागार्इं र खड्का मनोनीत


Nepali-congress-Centre-office-Sanepa

२४ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागार्इं (काभ्रे) र शीला शर्मा खड्का (दाङ) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ ।

सभापति देउवाले आज उहाँहरुलाई काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

आजै सभापति देउवाले पार्टी विधानको धारा ४९(१३) (क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौँ), तीर्थराम डंगोल (काठमाडौँ) र हिरादत्त भट्ट (कैलाली) लाई काँग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गर्नुभएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु