१२ आश्विन २०८१, शनिबार

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण, सिभिल अस्पताल भर्ना


रामसहाय प्रसाद यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ । यादवलाई उपचारको लागि हिजो बुधबार साँझ सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

केही दिनयता स्वास्थ्यमा अचानक समस्या आएपछि उपराष्ट्रपति यादवलाई निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालको निगरानीमा निवास र वीर अस्पतालमा राखेर उपचार गरिएको थियो ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति यादवको स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्य लाभको कामना गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !