१२ असार २०८१, बुधबार

राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गर्ने कृष्ण पहाडीसहित ११ जना पक्राउ


कृष्ण पहाडी

काठमाडौँ । राष्ट्रपति भवन शीतल निवासअगाडि विरोध प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित ११ जना पक्राउ परेका छन् ।

सो समाजले आज सोमबार राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेकोमा समाजका संस्थापक सभापति पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनीसहित ११ जनालाई गिरफ्तार गरी प्रहरी वृत्त महाराजगञ्जमामा राखिएको छ ।

संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको संभावित आर्थिक चलखेलबारे गहिरो छानविन गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्न लगायत विषयमा केन्द्रित रही समाजले राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !