१२ जेष्ठ २०८१, शनिबार

देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे


देवराज घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताएका छन् ।

उनले नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ भने ।

“प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उनको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, उनले भनेका छन् ।

नेम्वाङको हृदयघातबाट गए राति १ः३० बजे निधन भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !