८ जेष्ठ २०८१, मंगलबार

चुच्चे नक्सा बुच्चे बनाइएकोबारे प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुहुन्छ : प्रवक्ता सापकोटा


अग्निप्रसाद सापकोटा फाइल फोटो

काठमाडौँ । पूर्वसभामुख समेत रहेका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो चुच्चे नक्सा बुच्चे बनाइएकोबारे चीन भ्रमणमा कुरा उठाउने बताएका छन् ।

आज शुक्रबार माओवादी विशेष अभियानका सम्बन्धमा गरेको पत्रकार सम्मलेलनमा प्रवक्ता सापकोटाले चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले आगामी भदौ अन्तिममा गर्ने चीन भ्रमणमा कुरा राख्ने बताएका हुन् ।

सापकोटाले भारतको अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर जारी गरेको नक्साको चुच्चे भाग गायब हुने गरी चीनले नयाँ नक्सा निकालेको सन्दर्भमा यस्तो बताएका हुन् । नेपालले २०७७ जेठ ७ गते निकालेको उक्त नक्साको चुच्चो भाग अहिले चीनले निकालेको उसको नक्साबाट गायब गरिएपछि विरोध भइरहेका बेला सापकोटाको यस्तो धारणा बाहिर आएको हो ।

उनले नक्सा विवादबारे प्रधानमन्त्री प्रचण्डले कुटनैतिक तवरबाट कुरा राख्ने जानकारी दिएका हुन् । उनले चीनले किन यस्तो गर्यो भन्ने सम्बन्धमा पार्टी र सरकारले पनि चासो दिएको भन्दै कुटनैतिक तबरबाट हल गर्ने स्पष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !